कैलाली, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने बताएका छन् ।
बुधबार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गरेका छन ।
निर्मलाको बलात्कारपछि हत्याको घटना अत्यन्त दुःखद भएको बताउदै ओलीले भने, ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो । अत्यन्त दुःखद कुरा हो ।’ ‘सरकारले हत्यारा पत्ता लगाउन थुप्रै अनुसन्धान गरेको छ । तर, कहिले काहीँ अपराधीले प्रमाण छोडेर जाँदैन’ तर, सरकारले हत्यारा पत्ता लगाएरै छोड्छ ।’
प्रधानमन्त्री ओलीले प्रदेश राजधानीबारे प्रदेशसभाले गरेको निर्णय उपयुक्त भएको बताउदै, उनले भने ‘राजधानी सार्ने तपाईहरुले जुन निर्णय गर्नु भएको छ त्यो उपयुक्त छ, त्यसलाई सार्नै पर्छ । तर, त्यसमा लगानी गर्न आवश्यक छ ।’










प्रतिक्रिया दिनुहोस्