विश्व

टर्कीका सभामुख बिनालीद्वारा राजीनामा



एजेन्सी, ८ फागुन । टर्कीका सभामुख बिनाली यल्ड्रियमले पदबाट राजीनामा दिएका छन् ।

इस्तानबुलमा ३१ मार्चमा मेयर पदको चुनाव हुँदैछ । उक्त मेयर पदको चुनाव लड्न भन्दै पदबाट राजीनामा दिएका जनाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका बिनाली सन् २०१८ को जुलाइ महिनामा सभामुख चुनिएका थिए । उनले सन् २०१९ फेब्रुअरी १८ तारिखमा पद त्यागे ।

बिनाली विदाइ समारोहमा सांसदहरुलाई सम्बोधन गर्दै भने, ‘सात महिनासम्म काम गर्न पाउँदा म खुसी छु । मैले राजनीतिक दललाई भेदभाव नगरी काम गर्ने कोशिस गरें, एक प्रकारले सम्झौता नै गरें ।’

टर्कीको संसदका अनुसार बिनालीको राजीनामापछि आगामी पाँच दिनभित्र सभामुख पदको निर्वाचन गराउने जनाएको छ ।