समाचार

अब चक्रपथबाहिर पनि ट्याक्सी मिटरमै चल्नुपर्ने



काठमाडौं, ९  फागुन । अब चक्रपथभन्दा बाहिर ट्याक्सीहरु मिटरमै जानुपर्ने भएको छ ।

उपत्यकाभरि नै ट्याक्सीलाई मिटरमा गुड्ने व्यवस्था मिलाउन यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई पत्र लेखेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अब मिटर ट्याक्सीहरु उपत्यकाभित्र जहाँ गए पनि मिटरमै चल्नुपर्ने जनाएको छ ।

चक्रपथभन्दा बाहिर भाडामा बार्गेनिङ हुने गर्दा त्यसकै बाहनामा ठगी मौलाएपछि नयाँ नियम लगाइएको प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले बताएका छन ।