काठमाडौँ, ९ फागुन । नयाँ बानेश्वरचोकस्थित प्रतिनिधिसभा भवन प्रवेशद्धार पश्चिमतर्फको छक्कुबक्कु पार्कमा सन्त नेता एवम् पुर्व प्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको अर्धकदको प्रतिमा स्थापना गरिने भएको छ ।
नेपाली काग्रेंसका सभापति तथा नेपाल पत्रकार संघका संस्थापक सभापति समेत रहिसकेका सन्त नेता स्व.भट्टराईकोे अर्धकदको ढलौट प्रतिमा निर्माण र स्थापनाको लागि लाग्ने करीव ९ लाख रुपैयाँ काठमाडौं महानगरपालिका १० नं वडा कार्यालय, काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले जुटाउने बताइएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौं महानगरपालिका १० नं वडा अध्यक्ष रामकुमार केसीले प्रतिमास्थलको शिलान्याश गरे ।










प्रतिक्रिया दिनुहोस्