Banner News

राष्ट्रपति भण्डारी र बेलायती रक्षा राज्यमन्त्री मार्कबीच भेटवार्ता



काठमाडौं, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टरबीच भेटवार्ता भएको छ  ।

शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 यसअघि बेलायती राज्यमन्त्री ल्यांकास्टरले प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको थियो ।