समाचार

५ लाख घुससहित दुई जना पक्राउ



काठमाडौं, १० फागन । काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट घुससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रबिन्द्र योन्जन र मित्रनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष बिकला फर्स सेक्युरिटी अफिसबाट बैदेशिक रोजगारमा पठाई दिन्छु भनी ५ लाख घुस लिएको अभियोगमा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले घुस लिएको रकम सहित उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।