ललितपुर, १० फागुन । ललितपुरको नख्खुमा स्थित एनसिएलको कार्यालयमा विस्फोट भएको छ ।
शुक्रबार राति ८ बजे एनसेलको कार्यालयको गेटमा बम विस्फोट भएको प्रहरीले बताएको छ । बिस्फोटबाट वरिपरीका घरहरूमा क्षति पुगेको र ३ जना घाइते भएको बुझिएको छ ।
बम कस्ले र किन राखेको भने खुल्न नसकेको र अनुसन्धान जारी रहेको बताइएको छ । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासीले बताए । थप जानकारी आउन बाँकी‘










प्रतिक्रिया दिनुहोस्