Banner News

आर्थिक अभावमा उपचार तथा शिक्षाबाट वञ्चित हुनु पर्दैन : अध्यक्ष दाहाल



बागलुङ, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले आर्थिक अभावमा उपचार तथा शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको यो सरकारले अन्त्य भएको बताउनुभएको छ ।

बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटनमा उहाँले पार्टी एकता टुङ्गिएको बताउनुउँदै देशमा समृद्धि नआएसम्म शहीदको सपना पूरा नहुने भन्दै अहिलेको सरकारले समृद्धिका लागि आवश्यक पर्ने सबै कानून निर्माण गरेको बताउनुभयो ।

उहाँले अबको समय भनेको समृद्धिका लागि निर्माण गरेका कानूनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । देशमा समृद्धि आएमा मात्र शहीदको सपना पूरा हुन्छ भन्दै अध्यक्ष दाहालले शहीदलाई परिचयपत्रको व्यवस्था गर्ने बताउनुभयो । दाहालले भन्नुभयो, “पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौँ ।”

दाहालले विद्यालयमा प्राविधिक शिक्षा तथा भौतिक सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।