समाचार

मौसम पूर्ण रुपमा खुल्न केही दिन लाग्ने



काठमाडौँ, ११ फागुन । अबको केही दिन देशभरिकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

आज दिउँसोदेखि नै देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरिकै मौसम आशिंक बदली भए पनि पानी पर्ने सम्भावना नरहेको बताइएको छ ।

भोलि र पर्सि थोरै पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने अनुमान महाशाखाले गरेको छ । यस्तै अब प्रि-मनसुन सुरु हुन लागेकाले दिउँसो हावा पनि लाग्न सक्ने बताइएको छ ।