कपिलवस्तु, ११ फागुन । आठ किलोभन्दा धेरै चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
उत्तर प्रदेशको सिद्धार्थनगर उस्काबजारका ७६ वर्षीय ओमप्रकाश बर्मालाई भारत जाँदै गर्दा कपिलवस्तुको तौलिहवाबाट आठ किलो चार सय ग्राम चाँदीसहित पक्राउ गरिएको कपिलवस्तुका प्रहरीले जानकारी दिएको छ । बर्मालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्