धनगडी, ११ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधिका लागि आज शनिबार सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया र शरद भेषावाकरको कप्तानीमा रहेको महेन्द्रनगरबीचको फाइनल खेल अपरान्ह १२ः३० मा सुरु हुनेछ ।
विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्