समाचार

आगलागीका कारण आठ लाख बराबरको क्षति



सुनसरी, ११ फागुन । सुनसरीको रामधुनी नगरपालिका–१ डुमरिया गाउँमा आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको छ ।

स्थानीय महेश चौधरी र चुमकलाल चौधरीको घरमा शुक्रबार एक्कासि आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरीले जानकारी दिएको छ ।

आगलागीका कारण लत्ताकपडा, अन्नपात, सुनचाँदीलगायत फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । खाना पकाएर बारीमा फ्यालेको खरानीबाट सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।