काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मदिन गमलामा आँपको बिरुवा मनाएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले आँपको विरुवा र उनकी पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका छन ।
प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्