राजनीति

कञ्चनपुर र कास्कीको एनसेल टावरमा आगजनी : विप्लप समुहको संलग्नता रहेको आशंका



पोखरा, ११ फागुन । कञ्चनपुर र कास्कीमा एनसेलका टावरमा शुक्रबार राति आगजनी भएका छन् ।

पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको हो । प्रहरीका अनुसार टावर डाँडामा रहेकाले दमकल पुग्न नपाउँदै टावर जलेर ध्वस्त भएको छ । एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि शुक्रबार राति आगजनी भएको छ । अगाजनीमा विप्लव समूहको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।

शुक्रबार राति नै ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि बम बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।