समाचार

घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ



तौलिहवा, ११ फागुन । कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयमा एक जनालाई प्रहरीले पक्राउ  गरेको छ ।

शनिबार विद्यालयले आह्वान गरेको शिक्षक पदमा जागिर लगाइदिने शर्तमा सेवाग्राहीबाट विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबेलाई  रु एक लाख रकम बुझ्दै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सदरमुकाम तौलिहवास्थित रेसुङ्गा होटलबाट समिति सदस्य चौबेलाई नगदसहित पक्राउ गरिएको बताएको छ ।

पक्राउ गरिएका चौबेउपर थप अनुसन्धानका लागि आयोगको कार्यालय बुटवल लगिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।