काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले एनसेलको मुख्य कार्यालय लगायत बिभिन्न ठाउँहरुमा शुक्रबार बेलुका गरिएको बम बिष्फोटको कडा रुपमा खण्डन गर्दै तत्काल कारवाही गर्न माग गर्नुभएको छ ।
आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस जारी गर्दै उहाँले हिंसात्मक गतिविधिबाट देशमा समाजवाद स्थापना गर्न नसकिने भन्दै शान्तिपूर्ण वर्तमान सरकारले अगाडि सारेको समृद्धिको महाअभियानमा साथ दिंदै हत्या हिंसाको राजनीति त्यागी समाजवादको आधार तयार गर्ने महान कार्यमा जुट्न आग्रह समेत गर्नुभएको छ ।
उहाँको स्ट्याटस जस्ताको तस्तै
निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरे लगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ । बम बिष्फोटबाट एक सर्वसाधारणको मृत्यु र दुई गम्भीर घाइते छन । राजनीतिको आवरणमा हुने जुनसुकै अपराधीक र हिंसात्मक घटनाको हामी घोर भत्सर्ना गर्दछौं । यस्ता आतंककारी शैलीका अभियानले तपाईंले भनेको समाजवाद आउदैन भन्दै शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन पनि आग्रह गर्दछौं । वर्तमान सरकारले अगाडि सारेको समृद्धिको महाअभियानमा साथ दिँदै हत्या हिंसाको राजनीति त्यागी समाजवादको आधार तयार गर्ने महान कार्यमा जुटन हामी हार्दिक अपिल गर्दछौ । जुन सुकै आवरणमा भए पनि अपराधीक र हत्यारो कृयाकलापमा सम्लग्न सबैलाई हाम्रो संगठन जोडदार कारवाहीको माग गर्दछ । साथै यो घटनामा परि अनाहकमा ज्यान गुमाउने प्रति गहिरो दुख सहित हार्दिक श्रद्धाञ्जली, घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना ।










प्रतिक्रिया दिनुहोस्