काठमाडौँ, १२ फागुन । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नो केन्द्रीय कार्यालयमा खबरदारी गर्दै मैन प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विरोध प्रदर्शन गर्दैछ । पार्टी नेताहरुमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले प्रदर्शन गर्न लागेको हो ।
पटकपटक नेपाली कांग्रेसका नेताहरूमाथी आफ्नै केन्द्रीय कार्यालयमा भएको दुर्व्यवहार रोक्न र नेताहरूले एक आपसमा आक्षेप लगाउने कार्यलाई बन्द गर्न दबाव दिन यस खालको प्रदर्शनले मद्दत मुग्ने बताइएको छ । मौन प्रदर्शनमा पार्टीभित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौं, अन्तरघात गर्नेलाई कार्वाही गरौं जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन पनि गर्ने तयारी छ ।
आजै पार्टी केन्द्रीय कार्यालयमा सानेपामा कांग्रेस केन्द्रीय समितिकोबैठक बस्दैछ । त्यसअगाडि खबरदारी गर्न विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन् ।










प्रतिक्रिया दिनुहोस्