समाचार

प्राध्यापक बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा निधन



काठमाडौं, १२ फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ ।

विराटनगरको श्री अस्पतालमा उपचारको क्रममा पोखरेलको आइतबार बिहान साढे एकबजे ८६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । पोखरेलको जन्म वि.सं. १९९० भाद्र कृष्णाष्टमीमा भएको हो ।

पोखरेलले १ सय ३० वटा बढी पुस्तक लेखेका छन् । उनी रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन् ।