समाचार

भक्तपुरमा गाडीभित्र भुजुको शव भेटियो : चारजना पक्राउ



काठमाडौँ, १३ फागुन । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव गाडीभित्र शंकास्पद अवस्थामा शव भेटिएको छ ।

भक्तपुर नगरपालिकाको ब्रमायणीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन भन्दै घरबाट हिँडेका निकेश साँझ ६ बजेसम्म सम्पर्कमा नआएपछि श्रीमती सिर्जनाले महानगरीय प्रहरी वृत्त जगातीमा खबर गरेकी थिइन् ।

प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङको हापुर गाउँपालिका–४ का १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ घर भइ चाँगुनारायण–९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण–९ ताथलीकै सुकु भन्ने राज बनमाला रहेका छन् ।

खोजीको क्रममा गाडीसहित केही व्यक्तिहरु भक्तपुर नगरपालिका-८ लिवालीतर्फ गएको थाहा भएपछि प्रहरीले पिछा गरेको थियो । लिवालीमै प्रहरीले गाडी रोक्न खोज्दा ती व्यक्तीहरू ब्रमायणी पुगेर गाडी र निकेशको छोरालाईसमेत छोडेर भागेका थिए । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले घटना शंकास्पद भएको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।