मनोरञ्जन

मिस नेपाल २०१९ को आवेदन खुला



काठमाण्डौ, १३ फागुन । ‘द हिडन ट्रेजर’को आयोजनामा आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ ।

काठमाडौंसहित आठ शहरमा हुने अडिसनका लागी पत्रकार सम्मेलन गर्दै मिस नेपाल–२०१९ को लागि आवेदन खुला भएको जानकारी दिएको छ ।

तोकिएको मापदण्ड अनुसार इच्छुक नेपाली युवतीले आवेदन दिन सक्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।

मार्च १३–१५ मा हुने अडिसन धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा लिइनेछ । यसैगरी चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा मार्च १७–१९ मा अडिसन लिइनेछ । फाइनल अडिसन भने मार्च २४ मा काठमाडौंमा हुनेछ ।

अडिसनबाट छनौट भएर आएका प्रतियोगीलाई ६ महिनासम्म ग्रुमिङ सेसनमा राखिनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने सन् २०१९ मे ९ मा हुनेछ ।