राजनीति

मुलुकको ‘अवस्था र व्यवस्था’ दुवैमा पुनर्विचार गर्नुपर्छ : अध्यक्ष थापा



काठमाडौँ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले वर्तमान समयमा मुलुकको ‘अवस्था र व्यवस्था’ दुवैमा पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्रको अभ्यासले मुलुकको हित नहुने देखिएको बताउँदै राजनीतिक व्यवस्थामाथि पुनर्विचार गर्नु पर्ने बताएका बताउनुभयो ।

उहाँले देशमा नयाँ माओवादी जन्मन सक्ने खतरा रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकमा नयाँ माओवादी विद्रोह जन्मने खतरा आएको छ । विखण्डनको आवाज पहिलो पटक मुखरित हुन लागेको छ । मुलुकलाई जोगाउन पनि सबै राजनीतिक दलहरूले वर्तमान राजनीतिक व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने बेला आएको छ ।’

अध्यक्ष थापाको नेतृत्वले गत फागुन ७ गते हिन्दु राष्ट्र, राजसंस्थासहित प्रजातन्त्रको पुनस्र्थापना गर्नुपर्ने २२ बुँदे माग गद माग राख्दै प्रधानमन्त्री ज्ञापन पत्र बुझाएको बताउँदै उक्त माग पुरा नभए चैत्रको पहिलो हप्ताबाट सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।