Banner News

सुनुवाई समितिको बैठकमा अनिवार्य उपस्थित हुन नेकपाका सांसदलाई निर्देशन



काठमाडौँ, १३ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय सुनुवाई समितिको मंगलबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई आग्रह गरेको छ ।

आइतबार बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘हृवीप’लगाएको हो ।

मंगलबारको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ र अनुमोदन गर्ने तयारी छ ।

नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १र१ जना सांसद सदस्य रहेका छन् ।