काठमाडौं, १४ फागुन । संसदमा स्वास्थ्य विमालाई देशब्यापी विस्तार गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।
आज संसदमा नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव प्रस्तुत गर्दै सबै जिल्लामा स्वास्थ्य विमाको कार्यक्रम विस्तार गर्नुपर्ने बताएका हुन् ।
सांसद अधिकारीले ७ वटै प्रदेशमा आईसीयू सुविधासहितको अस्पताल सञ्चालन गर्न आवश्यक रहेको पनि बताए । स्वास्थ्य विमा कार्यक्रम हाल ३९ जिल्लामा लागू गरिएको छ ।
एमबीबीएसको अध्ययन शुल्क सरकारले ४२ लाख तोकेकोमा मेडिकल कलेजहरुले ५२ लाखसम्म शुल्क लिइरहेको भन्दै उनले नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
अधिकारीको प्रस्तावमा समर्थन जनाउँदै सांसद सांसद मनकुमारी जिसीले जनताको नैसर्गिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन ।










प्रतिक्रिया दिनुहोस्