Banner News

सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिती सधैंको लागि अन्त्य : प्रधानमन्त्री ओली



काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरानबाट नहर बग्ने तर हाम्रो खेत बाँझै रहने स्थितीको सधैंको लागि अन्त्य हुने बताउनुभएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा आफूलाई जानकारी गराउन आज सिंहदरबारमा आयोजना गरेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रको हितका पक्षमा खुलेर आफ्ना कुरा राख्न सक्ने गरी तयारी गर्न आग्रह गर्नुभयो । दुई देशका विज्ञको संयुक्त तेस्रो बैठक बुधबार र बिहीबार काठमाडौँमा हुँदै छ ।

बैठकमा प्रधानमन्त्री ओलीले नेपाल – भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले २३ बर्ष अघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घन मिटर प्रति सेकेण्ड ९३५० क्यूसेक० पानी हालसम्म नपाएकोले यस बिषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्दछ, सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिती अब हुनुहदैन ।”

प्रधानमन्त्री ओलीले २०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने बताउनुभयो ।