काठमाण्डौ, १४ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समिति र अनुशासन समिति गठनका लागि बोलाइएको पार्टी केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले बैठक स्थगित गरिएको बताएका छन।
मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएपछि केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो ।
प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने बताएका छन ।










प्रतिक्रिया दिनुहोस्