काठमाण्डौ, १४ फागुन । मंगलबार बोलाइएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ ।
आज अपरान्ह २ बजे सिंहदरबारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित गरिएको हो । बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै सांसदहरु उपस्थित नभएका कारण स्थगित गरिएको छ ।
मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौधरीको सुनुवाइका लागि बोलाइएको समितिको आइतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।
समितिमा १५ जना सदस्य रहेकोमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९ जना सांसद रहेका छन ।










प्रतिक्रिया दिनुहोस्