नुवाकोट, १५ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताउनुभएको छ ।
विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा मंगलवार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारवाहीे गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि भएर ठेकेदारी गर्न नपाउने भएका कारण आगामी दिनमा पनि यस्तो गर्नेलाई प्रदेश सरकारले अब हटाएर छाड्छ ।”
मुख्यामन्त्री पौडेलले जनताका काम गर्न छाडेर विभिन्न वहानामा ठेकेदारी गर्नेलाई प्रदेश सरकारले उन्मुक्ति नदिने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र आशामाया तामाङले सङ्घीयताको आभास दिने आधार कार्यालय वडा कार्यालय भएकोले वडा कार्यालयले दिने सेवा र सुविधाहरु प्रभावकारी भए मात्र सङ्घीयताको वास्तविक अनुहार जनताले देख्न पाउने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्