Banner News

मन्त्री अधिकारीसहित ७ जनाको मृत्युप्रति नेकपाद्वारा दुःख व्यक्त (विज्ञप्ती सहित)



काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको निधन भएकोमा शोक व्यक्त गरेको छ ।

नेकपाले मृतकहरुका परिवारजनमा समवेदनासहित मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपालको अमुल्य सम्पतीका रुपमा स्थापी मन्त्री अधिकारी रचनात्मक तथा सिर्जनात्मक रुपमा अव्वल रहेको बताउँदै नेकपाले मन्त्री अधिकारी जनताको ढुकढुकी गुमाएको बताएको छ । नेकपाले नेपाली विद्यार्थी आन्दोलन तथा लोकतन्त्र स्थापनामा स्व. मन्त्री अधिकारीले पुर्याउनु भएको योगदान अतुलनिय रहेको भन्दै नेकपाले ‘मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो । देशले ऐतिहासिक ठूलो क्षती व्यहोर्नु परेको छ । दुर्घटनामा निधन भएका सबैको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै शोक सन्तप्त समस्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्राथना गर्दछौं ।’

दुर्घटनामा मन्त्री अधिकारीको साथमा यती एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको छ ।