चितवन, १६ फागुन । नारायणगढको शहीदचोकमा रहेको ग्लोबल आइएमई बैंकमा आगलागी भएको छ ।
बिहीबार ३ बजे विद्युत् चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको र आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्