बाँके, १७ फागुन । कोहलपुर नगरपालिका १२ मा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
गएराती पौने ३ बजे ना ६ ख ४१८४ नम्बरको ट्रक सडकबाट करिब ३० मीटर तल खस्दा चालक दाङको देउखुरीका ४० वर्षीय प्रेम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ
दुर्घटनामा दाङकै राप्ती गाउँपालिका ५ का १६ वर्षीय बबि चौधरी घाइते भएका छन् । चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्