काठमाडौँ, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरा श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रमा राखिएको छ ।
श्रद्धाञ्जलीका लागि सयौं पोखरेली प्रदर्शनी केन्द्रमा भेला भए सगै मन्त्री अधिकारीलाई बुबा इन्द्र र आमा लक्ष्मीले भक्कानिँदै पुष्प गुच्छा चढाउनु भएको छ ।
मन्त्री अधिकारीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी साथै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा पुष्प गुच्छा तथा राष्ट्रिय झण्डा ओढाई अन्तिम भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।










प्रतिक्रिया दिनुहोस्