पोखरा, १७ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सकिने भएको छ ।
पोखरा प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै धनराज आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने जानकारी दिनुभएको छ ।
पोखरामा अहिले अधिकारीको नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ । रामघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । अधिकारीलाई ठूलो छोरा विराजले दागवत्ती दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्