काठमाडौँ, १८ फागुन । आज र भोलि देशरभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
गएरातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसोपछि बदली भई केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । यसैबीच उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात भएपछि देशभरि नै चिसो बढेको छ ।
महाशाखाकाका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भएका कारण देशभरि नै चिसो हावा चलेको हो । अझै केही दिन चिसो हावा चल्ने भएकाले तापक्रम तत्काल नबढ्ने जनाइएको छ । पर्सि भने मौसम खुल्ने सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्