काठमाडौँ, १८ फागुन । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरणमार्फत युवाका माध्यमबाट नै बान्ति र समृद्धि सम्भव भएको बताउनुभएको छ ।
चौथो नेपाल लायन्स महोत्सव (फेस्टिबल) भक्तपुरको आज उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनपछि समृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभयो ।
लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उहाँले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो ।
महोत्सवमा भक्तपुरको सांस्कृतिक झाँकी, नृत्य, माटोको भाँडा बनाउने, परम्परागत कपडा बुन्ने, नेवारीलगायत परम्परागत खानाको स्टल, जुजु धौ, चर्चितगायक गायिकाको प्रस्तुति, विभिन्न खेललगायतका करीब ६० वटा स्टल रहेको छ । यहाँ प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेल आयोजना गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्