समाचार

टिपरको ठक्करबाट एकको मृत्यु



सिन्धुली, १८  फागुन । सिन्धुलीको कमलामाई नगरपालिका –९ मा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ना १ क ९६८४ नम्बरको टिपरले ठक्कर दिदा कमलामाई नगरपालिका—१३ का ४५ वर्षिय रबिया धामिको मृत्यु भएको प्रहरीले बताएको छ ।

गम्भीर घाईते भएका धामीलाई उपचारको लागि सिन्धुली अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।