विराटनगर, १८ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दक्ष युवा वैदेशिक रोजगारीमा जाने परिपाटी अन्त्य गर्न सरकारले वातावरण तयार गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले मुलुकको विकासमा आफ्नो क्षमता, सिप र प्रविधि प्रयोग गर्ने जनशक्तिको उच्च मूल्याङ्कन गरिने विश्वास दिलाउनुभयो । मुख्यमन्त्री राईले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताउनुभएको छ । उहाँले प्रविधिबाटै मुलुकको आर्थिक विकास र जनताको समृद्धि हासिल हुने भएकाले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेशसभामा विधेयक पेश भइसकेको जानकारी दिनुभयो ।
सम्मेलनमा उक्त प्रदेशका ११ जिल्लाका २०० विद्यार्थी र प्राध्यापकको सहभागिता रहेको छ ।










प्रतिक्रिया दिनुहोस्