समाचार

भक्तपुरमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला



भक्तपुर, १९ फागुन । भक्तपुर नगरपालिका-४  तेखाचोमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

शनिबार दिउँसो ३ः१५ बजे भक्तपुर सुर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने ३१ वर्षीय अनिल भुजू आफ्नै ३ तले पुरानो घरको दोस्रो तलाको दलिनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।