समाचार

देशभर बदली, वर्षा र हिमपात : तीन दिन मौसम बदली हुने



काठमाडौँ, १९ फागुन । आइतबारदेखि देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

आइतबार दिउँसो काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।

सोमबार र मंगलबार पनि देशको धेरैजसो ठाउँको मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको छ, तर ठूलो पानी पर्ने अथवा लगातार पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले जानकारी दिएका छन् ।