काठमाडौँ, १९ फागुन । राष्ट्रियसभा र संसदीय समितिका आजको बैठक स्थगित गरिएको छ ।
सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
त्यस्तै आजका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनका कारण स्थगित गरिएको सचिवालयले जनाएको छ ।
महिला तथा सामाजिक, सार्वजनिक लेखा समिति, संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, अन्तर्राष्ट्रिय सम्बन्धका बैठकहरू आजका लागि बोलाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्