समाचार

फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु



पोखरा, १९ फागुन । फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ ।

सारङकोटबाट उडेका राेमानीयाका नागरिक ४२ वर्षीया एड सिजरकाे फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याइएको थियो ।

ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए । प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन नामिलेर तालमा खसेको र जानकारी पाएलगत्तै उद्धार टोली परिचालन गरि उद्धार गरीएको प्रहरीले जनाएको छ ।