राजनीति

अधिकारीको निधन दुःखद, देशको धरोहर तथा शालिन व्यक्तित्व गुमायौं : युवा संघ र वाइसिएल



काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय युवा संगठनले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी देशको धरोहरका रुपमा रहेको र युवा विद्यार्थीले शालिन व्यक्तित्व गुमाएको भन्दै उहाँको मृत्यु प्रति दुःख व्यक्त गरेको छ ।

युवा संघ नेपाल र वाइसिएल नेपालले आज संयुक्त रुपमा श्रद्धाञ्जली व्यक्त गर्दै सादा जीवन उच्च विचारका प्रतिकलाई गुमाउनु देशको ठूलो क्षती भएको उल्लेख गरेका छन् ।