Banner News

विप्लव समूह वार्तामा नआए सरकार चुप लागेर बस्दैन : अध्यक्ष प्रचण्ड



विराटनगर, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह राजनीतिक सहमतिमा नआए सरकार बाध्य भएर कारवाहीको प्रकृयामा अघि बढ्ने चेतावनी दिनुभएको छ ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले विप्लव समूहको पछिल्लो गतिविधिलाई सरकारले गम्भिर रुपमा लिएको भन्दै बताउँदै उहाँले छिट्टै समाधान निस्कने दाबी गर्नुभयो ।

संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद भएको बताउँदै अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ, सोच्छ, सोचेर अघि बढिरहेको जानकारी गराउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तपाईहरु हेर्दै जानुहोला, यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुबैतिरबाट समाधान गरिन्छ ।’