कास्की, २१ फागुन । पोखरामा फेरि पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् ।
सोमबार पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उडेका माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर पोल्याण्डका ३० वर्षीय जानुज कारोल गम्भीर घाइते भएका छन । उनको पोखरा मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
पोखरामै अर्को विदेशी प्याराग्लाइडर ६३ वर्षीय रुसी इलगिज यागुदिन मादी गाउँपालिकाको शिरखानीमा रूखमा अड्किएको अवस्था उनलाई स्थानीयवासीले उद्धार गरेका छन् । उनको अवस्था भने सामान्य रहेको कास्की प्रहरीका प्रवक्त रवीन्द्रमान गुरुङले बताएका छन ।
पोखरामा आइतबार मात्रै प्याराग्लाइडिङ्ग दुर्घटना हुँदा एक रोमानियालीको मृत्यु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्