समाचार

माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते



रामेछाप, २१ फागुन । रामेछापको मन्थली नगरपालिका -१ मा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन ।

सदरमुकाम मन्थलीबाट मालुखोला जाँदै गरेको बा१ज९९०१ नम्बरको माइक्रो बस आकाशेपुल नजिकै दुर्घटना हुँदा मुस्ताङ घर भएका ४५ वर्षीया रामप्रसाद तुलाचनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकी मन्थली २ घर भएकी २० वर्षीया अञ्जना खड्कालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। बस करिब एक सय मिटर तल तामाकोशी किनारामा खसेको थियो ।

बसका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।