काठमाण्डाै, २१ फागुन । प्रतिनिधिसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारी प्रति शोक प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीले राज्यलाई पुर्याएको योगदानको उच्च सम्मानसहित शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
पूर्व अर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट वि.सं. २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा, २०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य रहेका थिए ।
नेता अधिकारीको ८३ वर्षको उमेरमा फागुन १८ गते शनिबार काठमाण्डाैको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार दिउँसाे १ बजे हुनेछ ।










प्रतिक्रिया दिनुहोस्