राजनीति

राहत दरबन्दीका शिक्षकले पनि खुला प्रतिशपर्धामा भाग लिनैपर्छ : विद्यार्थी संगठन



काठमाडौँ, २२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय संगठन अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी) ले राहत दरबन्दीका शिक्षकहरुले पनि खुला प्रतिशपर्धामा भाग लिनै पर्ने बताएका छन  ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगरी खुला प्रतिस्पर्धालाई स्वीकारेर अघि बढ्न आग्रह गरेका छन ।