कैलाली, २२ फागुन । टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले जन्मकैदको फैसला भएको भएसगै चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।
जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ ९३०० अनुसार जन्दकैलको सजाय सुनाएको हो ।
लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् । मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएपी सहित ८ जनाको मृत्यु भएको थियो ।
घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । जेलमै रहेका बेला १९ पुस २०७५ मा चौधरीले सांसदमा सफथ लिएका थिए ।










प्रतिक्रिया दिनुहोस्