राजनीति

शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच सहमति



काठमाडौँ, २३ फागुन । स्वतः स्थायीको माग राखेर आन्दोलनरत राहत, करार, अस्थायी र प्रारम्भिक बालविकास केन्द्रका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति भएको छ ।

बुधबार भएको सहमतिमा उक्त प्रतिशत हटाउने र आवश्यक कार्यविधि बनाएर आन्तरिकरखुल्ला प्रक्रियाबाट तोकिए बमोजिम गर्ने सहमति भएको छ । सहमति पछि बिहीबार देखि शिक्षकहरु पढाउन फर्किएको राहत शिक्षकका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो ।

राहत र ईसीडी शिक्षक केन्द्रीय समिति शतप्रतिशत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायीको माग गर्दै अन्दोलनमा थिए । संघीय शिक्षा विधयेकको मस्यौदामा ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक स्थायी गर्ने प्रावधान छ । मुलुकभर ४० हजार राहत, ३६ हजार ईसीडी, १३ हजार करार र अस्थायी शिक्षक छन् ।