भक्तपुर, २५ फागुन । भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार बिहान सूर्यविनायक नगरपालिका ६ घलातेमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९५ प ३३१८ नम्बरको स्कुटर अनियन्त्रित भई बारमा ठोक्किँदा स्कूटर चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भई हाल सूर्यविनायक बस्ने २६ वर्षीय राजीव लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका रामेछाप सुनापती ४ घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने पासाङ तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भैरहेको छ ।
उक्त दुर्घटनाको थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्