समाचार

अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु



अस्ट्रेलिया, २६ फागुन । अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।

नेपाल काभ्रे घर भइ मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिइ मृत्यु भएको जनाएको छ ।

दुर्घटना पछि गाडी चालकले नै प्रहरीलाई खबर गरि अस्पताल लागिएको र पचारको क्रममा उनको गत मार्च ४ तारिखमा मृत्यु भएको जनाएको छ ।

एनआरएनए र महावाणिज्य दूतावासका प्रतिनिधिहरू स्थानीय प्रशासन तथा अस्पतालको सम्पर्कमा रहेको बताइएको छ ।

९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नको लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् । श्रेष्ठको अन्त्येष्टी आगामी हफ्ता मेलबर्नमा गरिने जनाएको छ ।